१. |
अधिकृत वरेशनामा लिने तथा दिनेको बारेमा पूरा परिचय खुल्ने गरी विस्तृत विवरण सहित निर्धारीत ढाँचामा कानून विदव्दारा लेखिएको र नेपाली कागजातमा कम्प्यूटर प्रिन्ट भएको अधिकृत वारेशनामाको कागजात २ सेट |
२. |
अधिकृत वारेशनामा लिने दिने दुवैको नागरिकताको प्रमाणपत्रको फोटोकपी १/१ प्रति । |
३. |
अधिकृत वारेशनामा लिने दिने दुवैको फोटो १/१ प्रति हरेक अधिकृत वारेशनामाको कागजातमा टाँसीएको हुनु पर्ने । |
४. |
तपार्इंको नेपाली राहदानीको फोटोकपी १ प्रति । |
५. |
तपार्इंको मलेशियाको भिसाको फोटोकपी १ प्रति । । |
६. |
जग्गा किनबेचसंग सम्वन्धित अधिकृत वारेशनामा भएमा अधिकृत वारेशनामा लिने दिने जग्गाको लालपूर्जाको फोटोकपी र मालपोत बुझार्इएको रसिदको फोटोकपी । |
७. |
के का लागि अधिकृत वारेशनामा लिने वा दिने सो सम्वन्धी कागजातको फोटोकपी १ प्रति । |
८. |
उपरोक्त कागजात राजदूतावासबाट स्विकृत भएमा निर्धारित ढाँचामा निवेदन दिन सक्नु हुनेछ । |
९. |
तपार्इंको निवेदन स्विकृत भएमा प्रति अधिकृत वारेशनामा मलेशियन रिङगीट ९५ (पञ्चान्नब्बे अ।र.एम.) का दरले राजदूतावासको लेखा शाखामा राजस्व तिरी रसीद लिन नभुल्नु होला । |
१०. |
तपार्इंको निवेदन र कागजात ठिक भएमा राजदूतावासबाट १(एक) घन्टा भित्र यो सेवा पाउन सक्नु हुनेछ । |
११. |
अधिकृत वारेशनामा लिने वा दिने व्यक्ति राजदूतावासमा अ।फैं अनिवार्य उपस्थित हुनु पर्ने छ । |