|
Namaste & Welcome to Embassy of Nepal!Kuala Lumpur, Malaysia |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Important Noticeराहदानी नवीकरण गर्न आउने सम्पूर्ण नेपाली नागरिकहरुलाई अत्यन्त जरूरी सूचना !!!17 May 2013 यस दूतावासमा राहदानी नवीकरण (Renew) गर्न, ट्राभल डकुमेन्ट लिन, आफ्ना समस्या/गुनासा/पीरमर्का लिएर आउने नेपाली नागरीकहरुको साथै भीसा लिन एवं अन्य कामले आउने विदेशी नगारिकहरुको भीड लाग्ने गरेकोले यसको व्यवस्थापनको लागि दूतावासबाट प्रशस्त प्रयासहरु हुदै आएका छन् | पासपोर्ट नवीकरण (Renew) गर्न आउने सेवाग्राहीहरुको धेरै भीड लाग्ने गरेको ले फाराम दूतावासमै भर्नुपर्दा आवेदकहरुले धेरै समयसम्म पर्खिनुपर्ने र त्यसले गर्दा सेवाग्राहीहरुले धेरै समस्या झेल्नुपर्ने भएको छ |
तसर्थ, राहदानी (Passport) को म्याद समाप्त हुन लागेको र अब नया दस (१०) वर्षे मेशिन रेडेबल राहदानी (Machine Readable Passport MRP) लिन का लागि आवेदन दिन आउने मलेशियामा कार्यरत सबै नेपाली नागरीकहरुले आफैंले राहदानी आवेदन फाराम (Passport Application Form) सही र सफा तरिकाले प्रष्ट संग भरेर ल्याउनुहुन सुचित गरिन्छ | जसले गर्दा सेवाग्राहीहरुले धेरै समय पर्खिनु नपर्ने र दूतावासले अझ छिटो छरितो सेवा दिन समर्थ हुन्छ |
पासपोर्ट (राहदानी) आवेदन फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरु :
Download this notice in pfd format
नेपाली राजदूतावास, क्वालालम्पुर अत्यन्त जरूरी सूचना !!!15 May 2013 केही समयदेखि मलेशिया जोहोरबारू लगायत विभिन्न स्थानहरुमा केही अनधिकृत व्यक्तिहरुले नेपाली राहदानी विशेष गरी मेशिन रिडेबल पासपोर्ट (machine readable passport) बनाइदिन्छु भन्दै रकम संकलन गर्ने गरेको भन्ने सूचना प्राप्त भएको छ । यस्तो कार्य सरासर गलत हो किनकि कानूनले तोकेको कार्यविधि र पद्धति अवलम्बन नगरी गरेको कुनै पनि कार्य मान्य हुन सक्दैन । मलेशियामा पासपोर्ट (राहदानी), ट्राभल डकुमेन्ट लगायत अन्य सरकारी कागजातहरु जारी गर्ने अधिकार नेपाली राजदूतावासमा मात्र सुरक्षित रहेको छ ।
तसर्थ, पासपोर्ट, ट्राभल डकुमेन्ट लगायत अन्य सरकारी (कानूनी) कागजपत्र बनाइदिन्छु वा बनाउन सहयोग गर्छु भन्ने कुनै पनि व्यक्तिहरुको पछि नलाग्न र यस्ता भ्रमपूर्ण क्रियाकलापप्रति सतर्क रहन मलेशियामा कार्यरत सबै नेपाली नागरिकहरुलाई राजदूतावास हार्दिक अनुरोध गर्दछ । साथै, यस्ता अवैध गतिविधि भएको थाह पाउनासाथ आवश्यक कानूनी कारवाहीका लागि नेपाली राजदूतावासमा खबर गर्नहुन समेत सम्बन्धित सबैमा यस राजदूतावास हार्दिक अपिल गर्दछ ।
मलेशियामा बसोबास गर्ने कुनै पनि नेपाली नागरिकले आफ्नो पासपोर्ट नवीकरण गर्नु परेमा वा अन्य सरकारी सेवा लिनुपरेमा यस राजदूतावासमा सम्पर्क गर्न आउनुहुन वा फोन, इमेल मार्फत सम्पर्क गर्नुहुन राजदूतावास हार्दिक अनुरोध गर्दछ ।
नेपाली राजदूतावास, क्वालालम्पुरको ठेगाना:
Suite 13A.01, 13A Floor WISMA MCA, 163 Jalan Ampang, 50450 Kuala Lumpur (Near Twin Tower) Tel: 03-21645934, 03-21649653, Fax: 03-21648659 Email: info@nepalembassy.com.my, khotange@gmail.com
Public Holidays of Embassy of Nepal, Malaysiaनिम्न बमोजिमका नेपाली सार्वजनिक विदाहरुमा नेपाली राजदूतावास बन्द रहने व्यहोरा सूचित गरिन्छ । (The Embassy of Nepal will remain closed in the following Nepali Public Holidays)
निम्न बमोजिमका मलेशियन सार्वजनिक विदाहरुमा नेपाली राजदूतावास बन्द रहने व्यहोरा सूचित गरिन्छ । (The Embassy of Nepal will remain closed in the following Malaysian Public Holidays)
*Subject to change
Notice to the concerned Nepalese nationals and Malaysian Employers/Companies on the arrival of passports1 April 2013 The Embassy has updated the list of Nepalese nationals who had submitted their passport application forms to the Embassy before. This updated list contains the names of Nepalese nationals whose passports have arrived. You can see the list by downloading pdf file or located in the download section. Please click 'downloads' and the list of the passports ready for collection will appear at the top. You may then click the 'Find' command (ctrl+F) and type current passport number or the name of the applicant. In case of lost passport/s, one can type the lost passport number to find whether a new passport is arrived or not.
Please note that the passports of the following Nepalese nationals are pending in Nepal for the reasons as mentioned below:
1. Mr. Mohan Khadka: name of the next-of-kin and relationship missing 2. Mr. Suresh Sah Kanu: name of the next-of-kin and relationship missing 3. Mr. Dal Prasad Yangya:: name of the next-of-kin and relationship missing 4. Mr. Deepak Damai:: name of the next-of-kin and relationship missing 5. Mr. Pikun Bahadur Rai: Invalid photo 6. Mr. Chhotu Pandit: Invalid photo. 7. Mr. Dambar Bahadur Limbu: Invalid photo 8. Mr. Ram Ishor Sah Teli: White dot on the forehead 9. Mr. Kaushal Kumar Das: Date of issue of CIT missing 10. Tek Bahadur Tamang: Signature touched the lines (send the form) 11. Sone Lal Mahara: Dirty signature 12. Kul Bahadur Magar: Dirty signature 13. Durga Bahadur Sijali Magar: Signature touched the lines (send the form) 14. Suk Raj Rai: Invalid form size (send the form) 15. Bhakta Bahadur Shrestha: No revenue receipt number 16. Sharan Thapa Chhetri: Invalid form size (send the form) 17. Pusha Raj Rai: Invalid form size (send the form) 18. Ramesh Prasad Kushwaha: Date of issue of CIT is missing 19. Govinda Bahadur Basnet: Date of issue of old pp invalid 20. Rajesh Rai: Date of issue of CIT missing 21. Rajendra Saud: Teeth exposed on the photo 22. Ram Kumar Mahara: Incorrect form size 23. Eugene Sharma: Old PP information missing 24. Bhupal Tamang: Teeth exposed on the photo 25. Ram Pramod Sah: An MRP has already been issued (in Nov.2012) 26. Jit Bahadur Tharu: Incorrect form size 27. Tibendra Darlami Magar: An MRP has already been issued 28. Binod Chaudhari: Invalid photo (wrinkled) 29. Machindra Kumar Magar: Red mark on the photo 30. Bhuwar Dhobi: Photo and form invalid 31. Inarajeet Ray: Teeth exposed 32. Rana Bahadur Bishwakarma: Lines on the photo 33. Bharat Bahadur Sarki: Incorrect form size 34. Debendra Limbu: Incorrect form size 35. Saroj Bisunkhe: Invalid photo
Concerned Nepalese nationals and the companies employing them are requested to contact the Embassy as soon as possible.
If you have any queries, please email us at: info@nepalembassy.com.my.
Embassy of Nepal Kuala Lumpur 1 April 2013
नेपाली राजदूतावास, क्वालालम्पुरको प्रेस विज्ञप्ति29 March 2013
मलेशियाको जोहोर राज्यको पासिर गुडांग (Pasir Gudang) मा नेपाली नागरिकहरु बसेको होस्टेल क्षेत्रमा २४ मार्च २०१३ मा भएको अप्रिय घटनाको जानकारी प्राप्त हुनासाथ घटनाको यथार्थता बुझ्न र घटनामा परेका नेपाली नागरिकहरुको तत्काल उपचारका साथै मलेशिया सरकारका सम्बन्धित निकायहरुसंग सम्पर्क समन्वय गरी सुरक्षाको प्रत्याभूति दिलाउने समेतका कार्य गर्न नेपाली राजदूतावासबाट घटनास्थलतर्फ अधिकृतहरुलाई खटाइएको थियो ।
घटनाको यथार्थ जानकारी लिन घटना स्थलमा खटिएको नेपाली राजदूतावासको टोलीले स्थानीय अस्पतालमा पुगी घाइतेहरुको अवस्था तथा उपचारको व्यवस्थाका साथै प्रहरी कार्यालयमा अनुसन्धानको क्रममा रहेका नेपालीहरुलाई भेटी निजहरुको रिहाई एवं सुरक्षाको लागि प्रहरी पदाधिकारीहरुसँग पहल गरेको छ । यसै क्रममा घटना भएको होस्टलको अवलोकन गरी नेपालीहरु कार्यरत रहेका सम्बन्धित कम्पनीहरुबाट नेपालीहरुको हालको स्थिति समेतको जानकारी लिएको थियो । यसरी अवलोकन गरी उक्त होस्टेलमा बसोबास गर्ने सवै नेपालीहरुको प्राप्त विवरण भिडाउँदा घटनामा परेका समेत सबैको उपस्थिति रहेको, उक्त स्थानबाट केही कम्पनीहरुले तत्कालै नेपालीहरुलाई अन्यत्र सुरक्षित स्थानमा सारेको र अन्यको हकमा घटनास्थलमा मलेशियन सुरक्षाकर्मीले निरन्तर अनुगमन गरिरहेको र सतर्कता अपनाएको जानकारी पाइयो । यसरी सो होस्टल क्षेत्रमा रहेका नेपाली नागरिकहरुमध्ये अस्पतालमा उपचाररत, प्रहरी हिरासतमा रहेका, होस्टेलमा रहेका तथा कम्पनीमा कार्यरत नेपाली नागरिकहरुको गणना गर्दा सवैजनाको उपस्थिति रहेको पाइयो ।
घटनास्थलबाट प्राप्त जानकारी अनुसार घटना भएको पासिर गुदांगको Taman Cendana होस्टेलमा Eco Oils, Creative Brass, Escatec Mechatronics, FZ Synergy, ASM Technology Malaysia मा काम गर्ने जम्मा १२० जना नेपालीहरु बसोबास गरेको पाइयो ।
Eco Oils कम्पनीमा विभिन्न सिफ्टमा काम गर्ने ३३ जना नेपाली नागरिकहरुको प्राप्त विवरण अनुसार कम्पनीमा गई निरीक्षण गर्दा सबै सकुशल रहेको र निजहरुलाई सोही क्षेत्रमा आवश्यक सुरक्षाको व्यवस्था गरी राखिएको जानकारी कम्पनीले उपलव्ध गराएको छ । यसैगरी ASM Technology Malaysia मा कार्यरत रही सो होस्टेलमा बसोबास गर्ने २० जना नेपालीलाई घटनाको लगत्तै कम्पनीले अन्यत्र सारी बसोबासको व्यवस्था गरेको र घटनामा केहीलाई सामान्य चोटपटक लागेको बाहेक कसैलाई कुनै क्षति नभएको व्यहोरा कम्पनी र सम्बन्धित नेपालीहरुले उल्लेख गरेको पाइयो । Creative Brass कम्पनीमा कार्यरत २२ जना नेपाली कामदारहरुमध्ये १ जना केही समय पछि सम्पर्कमा आएको र सो कम्पनीमा रहेका सवैलाई सोही क्षेत्रको सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी पाइयो ।
यसका साथै FZ Synergy कम्पनीमा कार्यरत १८ जना नेपाली कामदारहरुमध्ये राजु विश्वकर्माको दाहिने खुट्टाको हड्डी टुटेकोले अस्पतालमा उपचार भई मार्च २७ मा डिस्चार्ज भएको तथा मनोज सुनार, निलकण्ठ जैसी र दलबहादुर बम्बुलाई प्रहरीले अनुसन्धानमा सघाउ पुर्याउन हिरासतमा लिएको पाइयो । वांकी १४ जना सकुशल रहेको कम्पनीबाट जानकारी प्राप्त भएको छ । Escatec Mechatronics कम्पनीमा कार्यरत २७ जनामध्ये रामलाल साह अस्पतालमा उपचारको क्रममा रहेको पाइयो । सो कम्पनीबाट होस्टेलमा बसोबास गर्नेहरुमध्ये रगुन राई, अमन गुप्ता, राकेश राय यादव, पवन साह बानीया प्रहरी अनुसन्धानमा रहेको र अन्य सवै सकुशल रहेको कम्पनीबाट जानकारी प्राप्त भएको छ । त्यसैगरी अनुसन्धानका लागि हिरासतमा लिइएकामध्ये सन्तोष पौडेल र रमेश बहादुर भुजेल Saniton Ceramic भन्ने कम्पनीमा काम गर्ने र निजहरु उक्त घटना भएको होस्टेलबाट केही टाढा बसोवास गर्ने व्यहोरा भेटघाटको क्रममा जानकारी भएको छ ।
नेपाली राजदूतावास, क्वालालम्पुर मार्च २९, २०१३ ।
प्रेस बिज्ञप्ति25 March 2013
मलेशियाको जोहोर बारू (Johor Baharu) को पासिर गुडांग (Pasir Gudang) भन्ने ठाउँमा कार्यरत नेपाली नागरिकहरु बसेका होस्टेलमा हिजो भएको कुटपिटको घटनामा छानविनका लागि मलेशियन प्रहरीले ९ जना नेपाली नागरिकहरुलाई अनुसन्धानका लागि हिरासतमा लिएको र कुटपिटको घटनामा घाइते भएकाहरुको जोहोर बारुस्थित अस्पतालमा उपचार भैरहेको छ। सो घटनामा कोहि पनि नेपाली नागरिकको मृत्यू नभएको व्यहोरा मलेशियाका आधिकारिक निकायबाट जानकारी प्राप्त भएको छ ।
उक्त घटनाका सम्बन्धमा यस राजदूतावासका कार्यवहाक राजदूतले आजै मलेशियाको परराष्ट्र मन्त्रालयका पदाधिकारीसंग भेटघाट गरी नेपाली नागरिकहरु संलग्न रहेको उक्त घटनाप्रति नेपाल सरकारको गम्भिर चासो र चिन्ता रहेको व्यहोरा जनाउनु भयो। उक्त घटनामा परेका घाइतेहरुको उपचार, मलेशियाको जोहोर लगाएतका क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरुको सुरक्षा, तथा यस घटनाको पूर्ण रुपमा छानविनका लागि मलेशियन सरकारलाई कुटनैतिक माध्यमबाट अनुरोध गरिएको छ। उक्त भेटघाटका अवसरमा मलेशियन पदाधिकारीले मलेशिया एक शान्तिप्रिय मुलुक भएकोले यस्ता घटनाका बारेमा सम्बद्ध निकायबाट पूर्ण रुपमा छानविन हुनुका साथै मलेशियामा बसोबास गर्ने सबै नेपाली नागरिकहरुको सुरक्षाका लागि मलेशिया सरकार प्रतिबद्ध छ भनी आस्वस्त पार्नुभएको छ ।
तसर्थ एस्ता घटना भविष्यमा दोहोरिन नदिन तथा घटिसकेका घटनालाई तथ्यगत ढंगबाट बुझी सौहार्दपुर्ण वातावरण कायम राख्ने महत्वपूर्ण कार्यमा यस राजदूतावासलाई सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौ ।
नेपाली राजदूतावास, क्वालालम्पुर मार्च २५, २०१३ ।
नेपाली राजदूतावास, क्वालालम्पुरको अत्यन्त जरुरी सूचना15 March 2013
मलेशियामा कार्यरत कामदारहरुको लागि मलेशिया सरकारले जारी गरेको न्यूनतम ज्याला सम्बन्धी आदेश, २०१२ (Minimum Wage Order, 2012) र सो आदेश कार्यान्वयनका लागि बनेको निर्देशिका, त्यस अन्तर्गत रहेका प्रावधानहरु, जारी भएका सूचनाहरु र आदेशको तत्काल कार्यान्वयन गर्न नसक्ने अवस्थामा रहेका कम्पनीहरुको साथै मलेशिया सरकारबाट हालै भएको निर्णयानुसारको लेभी (Levy) कामदारले तिर्नुपर्ने प्रक्रिया समेतका विषयमा स्पष्टताका लागि नेपाली नागरिकहरुका तर्फबाट प्राप्त निवेदन, सूचना र जानकारीहरु प्रति यस राजदूतावासको ध्यान आकृष्ट भएको छ ।
मलेशियामा पहिलो पटक लागू हुन गैरहेको उक्त आदेशको कार्यान्वयनमा सहजता ल्याई सहमति, समन्वय र समझदारीबाट नेपाली कामदारहरुको तलब, भत्ता, सुविधाका साथै नेपाली श्रमिकहरुको कार्यवातावरण तथा दैनिक जीवनचर्यामा सुधार ल्याउने अभिप्रायले नेपाली राजदूतावासबाट मलेशिया सरकारको मन्त्रालय, विभाग, कार्यालयहरुका साथै सम्बन्धित रोजगारदाता र आवद्ध संघ संस्थाहरुसंग भेटघाट, छलफल, वार्ता, बैठक समेतको निरन्तर पहल भैरहेको छ ।
नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यस्थल बनेको मलेशियाको वैदेशिक रोजगारी दिपक्षीय करार सम्झौता एवं प्रचलित कानुनमा आधारित रही पारस्पारिक हितमा सञ्चालन गरी यसलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाई नेपालीहरुको लागि बढी उपयोगी र प्रतिफलमूलक बनाउनु पर्ने अहिलेको तड्कारो आवश्यकतालाई हामी सबैले महसूस गरेकै छौं ।
यस स्थितिमा हालैको न्यूनतम ज्याला आदेशबाट साविकको तलब सुविधा सम्बन्धी व्यवस्थामा हुने परिवर्तनलाई सहजतापूर्वक व्यवस्थापन गर्न विशेषतः रोजगारदाता र कामदारहरुको सहयोग नै प्रमुख रहने हुन्छ । त्यसको प्रभावकारिताको लागि मलेशियाको विभिन्न राज्यमा रहेका श्रम कार्यालयहरुमार्फत् विधिसम्मत हिसाबले नेपाली कामदारहरुले आफ्ना समस्या, गुनासो र जिज्ञाषाहरु राखी समाधान गर्ने सहजताका लागि नेपाली राजदूतावासले मलेशिया सरकारको मानवस्रोत मन्त्रालयमा पहल गरिएको कुरा सबैमा जानकारी गराउँछौ । यसक्रममा मलेशियामा रहेका ५० भन्दा बढी श्रम कार्यालयहरुको सम्पर्क ठेगाना, टेलिफोन, फ्याक्स तथा इमेल समेतको विवरण मलेशिया सरकारको श्रम विभागको वेभसाइट www.jtksm.mohr.gov.my मा रहेको र सो जानकारी यस राजदूतावासको वेभसाइट www.nepalembassy.com.my मा समेत राखिने भएको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ ।
यस स्थितिमा विधिसम्मत पद्धतिको अवलम्वन नगरी कम्पनीको नियमित प्रकृतिको उत्पादन र सेवा प्रवाह पद्धतिमा असर पुर्र्याउने हड्ताल, काम बन्द गर्ने जस्ता कार्य हुन जादा सीमित स्रोत साधन र समयको नोक्सानी हुने र यसबाट कसैको पनि हित नहुने कुरा स्पष्ट छः । तसर्थ मलेशियाको कम्पनीहरुमा कार्यरत नेपाली कामदारहरुले आफ्नो कम्पनीबाट समाधान हुन नसकी आफुले नियमतः पाउनु पर्ने सुविधा नपाएको, आफूलाई पीर मर्का परेको र गुनासो रहेको विषयमा विधिसम्मत पद्धतिबाट समाधान गरी मलेशियामा कार्यरत समग्र नेपाली नागरिकहरुकको हित प्रवर्धन गर्ने यस राजदूतावासको वृहत् कार्यमा सहयोग पुर्र्याउन हुन सम्बन्धित सबैमा अपील गर्दछौं ।
धन्यवाद । १५ मार्च २०१३
Notice to the concerned Nepalese nationals and Malaysian Employers on the arrival of passports21 February 2013 The Embassy has updated the list of Nepalese nationals who had submitted their passport application forms to the Embassy before. This updated list contains the names of Nepalese nationals whose passports have arrived. You can see the list by downloading pdf file or doc file located in the download section. Please download "New Passports of Nepali Applicants ready for Collection" of the Embassy's homepage and click the 'Find' command (ctrl+F) and type current passport number or the name of the applicant. In case of lost passport/s, one can type the lost passport number to find whether a new passport is arrived or not.
Please note that the passports of the following Nepalese nationals are pending in Nepal for the reasons as mentioned below:
1. Mr. Mohan Khadka: name of the next-of-kin and relationship missing 2. Mr. Suresh Sah Kanu: name of the next-of-kin and relationship missing 3. Mr. Dal Prasad Yangya:: name of the next-of-kin and relationship missing 4. Mr. Deepak Damai:: name of the next-of-kin and relationship missing 5. Mr. Pikun Bahadur Rai: Invalid photo 6. Mr. Chhotu Pandit: Invalid photo. 7. Mr. Dambar Bahadur Limbu: Invalid photo 8. Mr. Ram Ishor Sah Teli: White dot on the forehead 9. Mr. Kaushal Kumar Das: Date of issue of CIT missing
If you have any queries, please email us at: info@nepalembassy.com.my.
Embassy of Nepal Kuala Lumpur 21 February 2013
Notice to the concerned Nepalese nationals and Malaysian Employers on the arrival of passports29 January 2013 The Embassy has uploaded the list of Nepalese nationals who had submitted their application forms to the Embassy before to get new passports. The detail about this is *.pdf file or *.doc file. Please open this file from downloads section of Embassy's website and One can search for one's passport by clicking Find Command and typing one's current passport number or Name of Nepalese. In case of lost passport, one can type the lost passport number to find whether a new passport is arrived or not.
The Embassy will keep publishing such lists in the future as and when it receives new passports from Nepal. Please note that the passports of the following Nepalese nationals are pending for the reasons as mentioned below:
1. Mr. Mohan Khadka: name of the next-of-kin and relationship missing 2. Mr. Suresh Sah Kanu: name of the next-of-kin and relationship missing 3. Mr. Dal Prasad Yangya: name of the next-of-kin and relationship missing 4. Mr. Deepak Damai: name of the next-of-kin and relationship missing 5. Mr. Pikun Bahadur Rai: Invalid photo 6. Mr. Chhotu Pandit: Invalid photo. 7. Mr. Dambar Bahadur Limbu: Invalid photo
If you have any queries, please email us at: info@nepalembassy.com.my.
Embassy of Nepal Kuala Lumpur 29 January 2013 मलेशियाको रोजगारीमा संलग्न नेपाली नागरिकहरुका लागि नेपाली राजदूतावास, मलेशियाको अत्यन्त जरुरी सूचना!!!७ जनवरी २०१३ मलेशिया सरकारले १ जनवरी २०१३ देखि श्रमिकहरुको न्यूनतम पारिश्रमिक दर मलेशिया प्रायदिप क्षेत्र (Peninsular Malaysia) मा प्रति महिना ९०० रिंगिट र पूर्वी मलेशिया क्षेत्र (Sabah, Sarawak and the Federal Territory of Labuan) मा ८०० रिंगिट कायम गरेको छ । सो व्यवस्था कार्यान्वयनका लागि मलेशिया सरकारबाट १६ जुलाई २०१२ मा न्यूनतम पारिश्रमिकसम्बन्धी आदेश (Minimum Wages Order 2012) र ६ सेप्टेम्वर २०१२ मा सो आदेश कार्यान्वयनका लागि निर्देशिका (Guidelines on the Implementation of The Minimum Wages Order 2012) समेत जारी भएको छ ।
उक्त व्यवस्थाको कार्यान्वयन आगामी १ अप्रिल, १ जुलाई र १ अक्टोवर २०१३ पछि मात्र हुने प्रावधान अन्तर्गत Minimum Wages (Amendment) Order 2012 को Schedule मा उल्लेखित ६३५ कम्पनीहरु तथा कम्पनीहरुको समूहको सूची २८ डिसेम्वर २०१२ मा प्रकाशित सोही आदेशमा उल्लेख भएको छ । यसैगरी ५ जना र सो भन्दा घटी कामदारहरु कार्यरत रहेको कम्पनीहरुको लागि पनि उक्त न्यूनतम पारिश्रमिक दर १ जुलाई २०१३ देखि लागु हुने व्यवस्था रहेको छ ।
न्यूनतम पारिश्रमिकसम्बन्धी आदेश (Minimum Wages Order 2012) कै व्यवस्था अन्तर्गत ६ महिनासम्मको परीक्षण काल राखी कम्पनीहरुले लिएका कामदारहरुको हकमा भने परीक्षणकालको अवधिमा न्यूनतम पारिश्रमिक दरमा ३० प्रतिशतसम्म घटाई भुक्तानी गर्नसक्ने सहितको प्रावधान रहेको छ । सो सम्बन्धी विस्तृत विवरण मलेशिया सरकारको मानव संसाधन मन्त्रालयको वेभसाइट www.mohr.gov.my मा रहेको देखिन्छ ।
न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्था मलेशियामा पहिलो पटक लागु हुन गैरहेको कुरा सबैमा विदितै छ । उक्त व्यवस्था कार्यान्वयनको क्रममा कतिपय दिविधा, अस्पष्टता र असमझदारी आउन सक्ने संभावना रहेतापनि मलेशियास्थित कम्पनी तथा सम्बद्ध निकायहरुसंगको समन्वय, सहयोग र समझदारीबाट नै न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्था प्रभावकारी कार्यान्वयन हुने कुरामा नेपाली राजदूतावास विश्वास राख्दछ । यस्तो अनुकूल वातावरणमा नै मलेशियाको रोजगारीमा रहनु भएका नेपाली नागरिकहरु, रोजगारदाता र व्यवसायीहरु सबैको पारस्पारिक हित निहित रहने हुँदा उक्त व्यवस्थाको संयमित भै कार्यान्वयन तहमा सहयोग सघाउ पुर्याउन नेपाली राजदूताबास सबैमा हार्दिक अपिल गर्दछ ।
नेपाली राजदूतावास, क्वालालम्पुर ७ जनवरी २०१३
Salary Revision31 December 2012
With effect from 1 January 2013 the basic minimum wages for Nepalese nationals recruited for employment shall be as follows:
The Employers in Malaysia are requested to follow the minimum wages for both existing and new Nepalese nationals as well.
Embassy of Nepal, Kuala Lumpur 31 December 2012
Notice9 October 2012 The Employers in Malaysia who have hired Nepalese security guards under the 6P Programme of the Government of Malaysia and who have not so far applied for passport at the Embassy are required to immediately contact the Security and Public Order Division, Ministry of Home Affairs (KDN) Malaysia for completing necessary documents. The Employers have to bring a request letter from the KDN in the name of the Embassy giving the name/address of the company, names of the Nepali security guards to be legalized and their slip numbers. The Employers also need to get their earlier KDN letters and 6P slip endorsed by the KDN.
Please note that other requirements for submission of passport application will be as per the Embassy website (Go to www.nepalembassy.com.my, then click downloads and finally click Check List for Passport for the Legalization Purpose under 6 P Program)
Embassy of Nepal Kuala Lumpur October 9, 2012.
Notice !!!3 February 2012 This is to notify to all concerned that His Excellency Dr. Rishi Raj Adhikari, Ambassador Extraodinary and Plenipotentiary of Nepal to Malaysia left Malaysia on February 2, 2012 upon completion of his assignment. It May be noted that His Excellency Dr. Adhikari was the first resident Ambassador of Nepal to Malaysia. Pending the arrival of new Ambassador, Mr. Lekha Nath Bhattarai, Counsellor/Deputy Chief of Mission will be acting as Charge 'd' Affaires, a.i. EMBASSY OF NEPAL Kuala Lumpur, Malaysia February 3,2012
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||