|
Namaste & Welcome to Embassy of Nepal!Kuala Lumpur, Malaysia |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Welcome to the Birthplace of Lord Buddha and the land of highest peak of the earth called Mount Everest!!!
Latest Updatesराहदानी नवीकरण गर्न आउने सम्पूर्ण नेपाली नागरिकहरुलाई अत्यन्त जरूरी सूचना !!! 17 May 2013 यस दूतावासमा राहदानी नवीकरण (Renew) गर्न, ट्राभल डकुमेन्ट लिन, आफ्ना समस्या/गुनासा/पीरमर्का लिएर आउने नेपाली नागरीकहरुको साथै भीसा लिन एवं अन्य कामले आउने विदेशी नगारिकहरुको भीड लाग्ने गरेकोले यसको व्यवस्थापनको लागि दूतावासबाट प्रशस्त प्रयासहरु हुदै आएका छन् | पासपोर्ट नवीकरण (Renew) गर्न आउने सेवाग्राहीहरुको धेरै भीड लाग्ने गरेको ले फाराम दूतावासमै भर्नुपर्दा आवेदकहरुले धेरै समयसम्म पर्खिनुपर्ने र त्यसले गर्दा सेवाग्राहीहरुले धेरै समस्या झेल्नुपर्ने भएको छ |
तसर्थ, राहदानी (Passport) को म्याद समाप्त हुन लागेको र अब नया दस (१०) वर्षे मेशिन रेडेबल राहदानी (Machine Readable Passport MRP) लिन का लागि आवेदन दिन आउने मलेशियामा कार्यरत सबै नेपाली नागरीकहरुले आफैंले राहदानी आवेदन फाराम (Passport Application Form) सही र सफा तरिकाले प्रष्ट संग भरेर ल्याउनुहुन सुचित गरिन्छ | जसले गर्दा सेवाग्राहीहरुले धेरै समय पर्खिनु नपर्ने र दूतावासले अझ छिटो छरितो सेवा दिन समर्थ हुन्छ |
पासपोर्ट (राहदानी) आवेदन फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरु :
Download this notice in pfd format
नेपाली राजदूतावास, क्वालालम्पुर अत्यन्त जरूरी सूचना !!! 15 May 2013 केही समयदेखि मलेशिया जोहोरबारू लगायत विभिन्न स्थानहरुमा केही अनधिकृत व्यक्तिहरुले नेपाली राहदानी विशेष गरी मेशिन रिडेबल पासपोर्ट (machine readable passport) बनाइदिन्छु भन्दै रकम संकलन गर्ने गरेको भन्ने सूचना प्राप्त भएको छ । यस्तो कार्य सरासर गलत हो किनकि कानूनले तोकेको कार्यविधि र पद्धति अवलम्बन नगरी गरेको कुनै पनि कार्य मान्य हुन सक्दैन । मलेशियामा पासपोर्ट (राहदानी), ट्राभल डकुमेन्ट लगायत अन्य सरकारी कागजातहरु जारी गर्ने अधिकार नेपाली राजदूतावासमा मात्र सुरक्षित रहेको छ ।
तसर्थ, पासपोर्ट, ट्राभल डकुमेन्ट लगायत अन्य सरकारी (कानूनी) कागजपत्र बनाइदिन्छु वा बनाउन सहयोग गर्छु भन्ने कुनै पनि व्यक्तिहरुको पछि नलाग्न र यस्ता भ्रमपूर्ण क्रियाकलापप्रति सतर्क रहन मलेशियामा कार्यरत सबै नेपाली नागरिकहरुलाई राजदूतावास हार्दिक अनुरोध गर्दछ । साथै, यस्ता अवैध गतिविधि भएको थाह पाउनासाथ आवश्यक कानूनी कारवाहीका लागि नेपाली राजदूतावासमा खबर गर्नहुन समेत सम्बन्धित सबैमा यस राजदूतावास हार्दिक अपिल गर्दछ ।
मलेशियामा बसोबास गर्ने कुनै पनि नेपाली नागरिकले आफ्नो पासपोर्ट नवीकरण गर्नु परेमा वा अन्य सरकारी सेवा लिनुपरेमा यस राजदूतावासमा सम्पर्क गर्न आउनुहुन वा फोन, इमेल मार्फत सम्पर्क गर्नुहुन राजदूतावास हार्दिक अनुरोध गर्दछ ।
नेपाली राजदूतावास, क्वालालम्पुरको ठेगाना:
Suite 13A.01, 13A Floor WISMA MCA, 163 Jalan Ampang, 50450 Kuala Lumpur (Near Twin Tower) Tel: 03-21645934, 03-21649653, Fax: 03-21648659 Email: info@nepalembassy.com.my, khotange@gmail.com
Public Holidays of Embassy of Nepal, Malaysia निम्न बमोजिमका नेपाली सार्वजनिक विदाहरुमा नेपाली राजदूतावास बन्द रहने व्यहोरा सूचित गरिन्छ । (The Embassy of Nepal will remain closed in the following Nepali Public Holidays)
निम्न बमोजिमका मलेशियन सार्वजनिक विदाहरुमा नेपाली राजदूतावास बन्द रहने व्यहोरा सूचित गरिन्छ । (The Embassy of Nepal will remain closed in the following Malaysian Public Holidays)
*Subject to change
1 April 2013 The Embassy has updated the list of Nepalese nationals who had submitted their passport application forms to the Embassy before. This updated list contains the names of Nepalese nationals whose passports have arrived. You can see the list by downloading pdf file or located in the download section. Please click 'downloads' and the list of the passports ready for collection will appear at the top. You may then click the 'Find' command (ctrl+F) and type current passport number or the name of the applicant. In case of lost passport/s, one can type the lost passport number to find whether a new passport is arrived or not.
Please note that the passports of the following Nepalese nationals are pending in Nepal for the reasons as mentioned below:
1. Mr. Mohan Khadka: name of the next-of-kin and relationship missing 2. Mr. Suresh Sah Kanu: name of the next-of-kin and relationship missing 3. Mr. Dal Prasad Yangya:: name of the next-of-kin and relationship missing 4. Mr. Deepak Damai:: name of the next-of-kin and relationship missing 5. Mr. Pikun Bahadur Rai: Invalid photo 6. Mr. Chhotu Pandit: Invalid photo. 7. Mr. Dambar Bahadur Limbu: Invalid photo 8. Mr. Ram Ishor Sah Teli: White dot on the forehead 9. Mr. Kaushal Kumar Das: Date of issue of CIT missing 10. Tek Bahadur Tamang: Signature touched the lines (send the form) 11. Sone Lal Mahara: Dirty signature 12. Kul Bahadur Magar: Dirty signature 13. Durga Bahadur Sijali Magar: Signature touched the lines (send the form) 14. Suk Raj Rai: Invalid form size (send the form) 15. Bhakta Bahadur Shrestha: No revenue receipt number 16. Sharan Thapa Chhetri: Invalid form size (send the form) 17. Pusha Raj Rai: Invalid form size (send the form) 18. Ramesh Prasad Kushwaha: Date of issue of CIT is missing 19. Govinda Bahadur Basnet: Date of issue of old pp invalid 20. Rajesh Rai: Date of issue of CIT missing 21. Rajendra Saud: Teeth exposed on the photo 22. Ram Kumar Mahara: Incorrect form size 23. Eugene Sharma: Old PP information missing 24. Bhupal Tamang: Teeth exposed on the photo 25. Ram Pramod Sah: An MRP has already been issued (in Nov.2012) 26. Jit Bahadur Tharu: Incorrect form size 27. Tibendra Darlami Magar: An MRP has already been issued 28. Binod Chaudhari: Invalid photo (wrinkled) 29. Machindra Kumar Magar: Red mark on the photo 30. Bhuwar Dhobi: Photo and form invalid 31. Inarajeet Ray: Teeth exposed 32. Rana Bahadur Bishwakarma: Lines on the photo 33. Bharat Bahadur Sarki: Incorrect form size 34. Debendra Limbu: Incorrect form size 35. Saroj Bisunkhe: Invalid photo
Concerned Nepalese nationals and the companies employing them are requested to contact the Embassy as soon as possible.
If you have any queries, please email us at: info@nepalembassy.com.my.
Embassy of Nepal Kuala Lumpur 1 April 2013
नेपाली राजदूतावास, क्वालालम्पुरको प्रेस विज्ञप्ति 29 March 2013
मलेशियाको जोहोर राज्यको पासिर गुडांग (Pasir Gudang) मा नेपाली नागरिकहरु बसेको होस्टेल क्षेत्रमा २४ मार्च २०१३ मा भएको अप्रिय घटनाको जानकारी प्राप्त हुनासाथ घटनाको यथार्थता बुझ्न र घटनामा परेका नेपाली नागरिकहरुको तत्काल उपचारका साथै मलेशिया सरकारका सम्बन्धित निकायहरुसंग सम्पर्क समन्वय गरी सुरक्षाको प्रत्याभूति दिलाउने समेतका कार्य गर्न नेपाली राजदूतावासबाट घटनास्थलतर्फ अधिकृतहरुलाई खटाइएको थियो ।
घटनाको यथार्थ जानकारी लिन घटना स्थलमा खटिएको नेपाली राजदूतावासको टोलीले स्थानीय अस्पतालमा पुगी घाइतेहरुको अवस्था तथा उपचारको व्यवस्थाका साथै प्रहरी कार्यालयमा अनुसन्धानको क्रममा रहेका नेपालीहरुलाई भेटी निजहरुको रिहाई एवं सुरक्षाको लागि प्रहरी पदाधिकारीहरुसँग पहल गरेको छ । यसै क्रममा घटना भएको होस्टलको अवलोकन गरी नेपालीहरु कार्यरत रहेका सम्बन्धित कम्पनीहरुबाट नेपालीहरुको हालको स्थिति समेतको जानकारी लिएको थियो । यसरी अवलोकन गरी उक्त होस्टेलमा बसोबास गर्ने सवै नेपालीहरुको प्राप्त विवरण भिडाउँदा घटनामा परेका समेत सबैको उपस्थिति रहेको, उक्त स्थानबाट केही कम्पनीहरुले तत्कालै नेपालीहरुलाई अन्यत्र सुरक्षित स्थानमा सारेको र अन्यको हकमा घटनास्थलमा मलेशियन सुरक्षाकर्मीले निरन्तर अनुगमन गरिरहेको र सतर्कता अपनाएको जानकारी पाइयो । यसरी सो होस्टल क्षेत्रमा रहेका नेपाली नागरिकहरुमध्ये अस्पतालमा उपचाररत, प्रहरी हिरासतमा रहेका, होस्टेलमा रहेका तथा कम्पनीमा कार्यरत नेपाली नागरिकहरुको गणना गर्दा सवैजनाको उपस्थिति रहेको पाइयो ।
घटनास्थलबाट प्राप्त जानकारी अनुसार घटना भएको पासिर गुदांगको Taman Cendana होस्टेलमा Eco Oils, Creative Brass, Escatec Mechatronics, FZ Synergy, ASM Technology Malaysia मा काम गर्ने जम्मा १२० जना नेपालीहरु बसोबास गरेको पाइयो ।
Eco Oils कम्पनीमा विभिन्न सिफ्टमा काम गर्ने ३३ जना नेपाली नागरिकहरुको प्राप्त विवरण अनुसार कम्पनीमा गई निरीक्षण गर्दा सबै सकुशल रहेको र निजहरुलाई सोही क्षेत्रमा आवश्यक सुरक्षाको व्यवस्था गरी राखिएको जानकारी कम्पनीले उपलव्ध गराएको छ । यसैगरी ASM Technology Malaysia मा कार्यरत रही सो होस्टेलमा बसोबास गर्ने २० जना नेपालीलाई घटनाको लगत्तै कम्पनीले अन्यत्र सारी बसोबासको व्यवस्था गरेको र घटनामा केहीलाई सामान्य चोटपटक लागेको बाहेक कसैलाई कुनै क्षति नभएको व्यहोरा कम्पनी र सम्बन्धित नेपालीहरुले उल्लेख गरेको पाइयो । Creative Brass कम्पनीमा कार्यरत २२ जना नेपाली कामदारहरुमध्ये १ जना केही समय पछि सम्पर्कमा आएको र सो कम्पनीमा रहेका सवैलाई सोही क्षेत्रको सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी पाइयो ।
यसका साथै FZ Synergy कम्पनीमा कार्यरत १८ जना नेपाली कामदारहरुमध्ये राजु विश्वकर्माको दाहिने खुट्टाको हड्डी टुटेकोले अस्पतालमा उपचार भई मार्च २७ मा डिस्चार्ज भएको तथा मनोज सुनार, निलकण्ठ जैसी र दलबहादुर बम्बुलाई प्रहरीले अनुसन्धानमा सघाउ पुर्याउन हिरासतमा लिएको पाइयो । वांकी १४ जना सकुशल रहेको कम्पनीबाट जानकारी प्राप्त भएको छ । Escatec Mechatronics कम्पनीमा कार्यरत २७ जनामध्ये रामलाल साह अस्पतालमा उपचारको क्रममा रहेको पाइयो । सो कम्पनीबाट होस्टेलमा बसोबास गर्नेहरुमध्ये रगुन राई, अमन गुप्ता, राकेश राय यादव, पवन साह बानीया प्रहरी अनुसन्धानमा रहेको र अन्य सवै सकुशल रहेको कम्पनीबाट जानकारी प्राप्त भएको छ । त्यसैगरी अनुसन्धानका लागि हिरासतमा लिइएकामध्ये सन्तोष पौडेल र रमेश बहादुर भुजेल Saniton Ceramic भन्ने कम्पनीमा काम गर्ने र निजहरु उक्त घटना भएको होस्टेलबाट केही टाढा बसोवास गर्ने व्यहोरा भेटघाटको क्रममा जानकारी भएको छ ।
नेपाली राजदूतावास, क्वालालम्पुर मार्च २९, २०१३ ।
25 March 2013
मलेशियाको जोहोर बारू (Johor Baharu) को पासिर गुडांग (Pasir Gudang) भन्ने ठाउँमा कार्यरत नेपाली नागरिकहरु बसेका होस्टेलमा हिजो भएको कुटपिटको घटनामा छानविनका लागि मलेशियन प्रहरीले ९ जना नेपाली नागरिकहरुलाई अनुसन्धानका लागि हिरासतमा लिएको र कुटपिटको घटनामा घाइते भएकाहरुको जोहोर बारुस्थित अस्पतालमा उपचार भैरहेको छ। सो घटनामा कोहि पनि नेपाली नागरिकको मृत्यू नभएको व्यहोरा मलेशियाका आधिकारिक निकायबाट जानकारी प्राप्त भएको छ ।
उक्त घटनाका सम्बन्धमा यस राजदूतावासका कार्यवहाक राजदूतले आजै मलेशियाको परराष्ट्र मन्त्रालयका पदाधिकारीसंग भेटघाट गरी नेपाली नागरिकहरु संलग्न रहेको उक्त घटनाप्रति नेपाल सरकारको गम्भिर चासो र चिन्ता रहेको व्यहोरा जनाउनु भयो। उक्त घटनामा परेका घाइतेहरुको उपचार, मलेशियाको जोहोर लगाएतका क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरुको सुरक्षा, तथा यस घटनाको पूर्ण रुपमा छानविनका लागि मलेशियन सरकारलाई कुटनैतिक माध्यमबाट अनुरोध गरिएको छ। उक्त भेटघाटका अवसरमा मलेशियन पदाधिकारीले मलेशिया एक शान्तिप्रिय मुलुक भएकोले यस्ता घटनाका बारेमा सम्बद्ध निकायबाट पूर्ण रुपमा छानविन हुनुका साथै मलेशियामा बसोबास गर्ने सबै नेपाली नागरिकहरुको सुरक्षाका लागि मलेशिया सरकार प्रतिबद्ध छ भनी आस्वस्त पार्नुभएको छ ।
तसर्थ एस्ता घटना भविष्यमा दोहोरिन नदिन तथा घटिसकेका घटनालाई तथ्यगत ढंगबाट बुझी सौहार्दपुर्ण वातावरण कायम राख्ने महत्वपूर्ण कार्यमा यस राजदूतावासलाई सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौ ।
नेपाली राजदूतावास, क्वालालम्पुर मार्च २५, २०१३ ।
नेपाली राजदूतावास, क्वालालम्पुरको अत्यन्त जरुरी सूचना
मलेशियामा कार्यरत कामदारहरुको लागि मलेशिया सरकारले जारी गरेको न्यूनतम ज्याला सम्बन्धी आदेश, २०१२ (Minimum Wage Order, 2012) र सो आदेश कार्यान्वयनका लागि बनेको निर्देशिका, त्यस अन्तर्गत रहेका प्रावधानहरु, जारी भएका सूचनाहरु र आदेशको तत्काल कार्यान्वयन गर्न नसक्ने अवस्थामा रहेका कम्पनीहरुको साथै मलेशिया सरकारबाट हालै भएको निर्णयानुसारको लेभी (Levy) कामदारले तिर्नुपर्ने प्रक्रिया समेतका विषयमा स्पष्टताका लागि नेपाली नागरिकहरुका तर्फबाट प्राप्त निवेदन, सूचना र जानकारीहरु प्रति यस राजदूतावासको ध्यान आकृष्ट भएको छ ।
मलेशियामा पहिलो पटक लागू हुन गैरहेको उक्त आदेशको कार्यान्वयनमा सहजता ल्याई सहमति, समन्वय र समझदारीबाट नेपाली कामदारहरुको तलब, भत्ता, सुविधाका साथै नेपाली श्रमिकहरुको कार्यवातावरण तथा दैनिक जीवनचर्यामा सुधार ल्याउने अभिप्रायले नेपाली राजदूतावासबाट मलेशिया सरकारको मन्त्रालय, विभाग, कार्यालयहरुका साथै सम्बन्धित रोजगारदाता र आवद्ध संघ संस्थाहरुसंग भेटघाट, छलफल, वार्ता, बैठक समेतको निरन्तर पहल भैरहेको छ ।
७ जनवरी २०१३ मलेशिया सरकारले १ जनवरी २०१३ देखि श्रमिकहरुको न्यूनतम पारिश्रमिक दर मलेशिया प्रायदिप क्षेत्र (Peninsular Malaysia) मा प्रति महिना ९०० रिंगिट र पूर्वी मलेशिया क्षेत्र (Sabah, Sarawak and the Federal Territory of Labuan) मा ८०० रिंगिट कायम गरेको छ । सो व्यवस्था कार्यान्वयनका लागि मलेशिया सरकारबाट १६ जुलाई २०१२ मा न्यूनतम पारिश्रमिकसम्बन्धी आदेश (Minimum Wages Order 2012) र ६ सेप्टेम्वर २०१२ मा सो आदेश कार्यान्वयनका लागि निर्देशिका (Guidelines on the Implementation of The Minimum Wages Order 2012) समेत जारी भएको छ ।
उक्त व्यवस्थाको कार्यान्वयन आगामी १ अप्रिल, १ जुलाई र १ अक्टोवर २०१३ पछि मात्र हुने प्रावधान अन्तर्गत Minimum Wages (Amendment) Order 2012 को Schedule मा उल्लेखित ६३५ कम्पनीहरु तथा कम्पनीहरुको समूहको सूची २८ डिसेम्वर २०१२ मा प्रकाशित सोही आदेशमा उल्लेख भएको छ । यसैगरी ५ जना र सो भन्दा घटी कामदारहरु कार्यरत रहेको कम्पनीहरुको लागि पनि उक्त न्यूनतम पारिश्रमिक दर १ जुलाई २०१३ देखि लागु हुने व्यवस्था रहेको छ ।
न्यूनतम पारिश्रमिकसम्बन्धी आदेश (Minimum Wages Order 2012) कै व्यवस्था अन्तर्गत ६ महिनासम्मको परीक्षण काल राखी कम्पनीहरुले लिएका कामदारहरुको हकमा भने परीक्षणकालको अवधिमा न्यूनतम पारिश्रमिक दरमा ३० प्रतिशतसम्म घटाई भुक्तानी गर्नसक्ने सहितको प्रावधान रहेको छ । सो सम्बन्धी विस्तृत विवरण मलेशिया सरकारको मानव संसाधन मन्त्रालयको वेभसाइट www.mohr.gov.my मा रहेको देखिन्छ ।
न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्था मलेशियामा पहिलो पटक लागु हुन गैरहेको कुरा सबैमा विदितै छ । उक्त व्यवस्था कार्यान्वयनको क्रममा कतिपय दिविधा, अस्पष्टता र असमझदारी आउन सक्ने संभावना रहेतापनि मलेशियास्थित कम्पनी तथा सम्बद्ध निकायहरुसंगको समन्वय, सहयोग र समझदारीबाट नै न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्था प्रभावकारी कार्यान्वयन हुने कुरामा नेपाली राजदूतावास विश्वास राख्दछ । यस्तो अनुकूल वातावरणमा नै मलेशियाको रोजगारीमा रहनु भएका नेपाली नागरिकहरु, रोजगारदाता र व्यवसायीहरु सबैको पारस्पारिक हित निहित रहने हुँदा उक्त व्यवस्थाको संयमित भै कार्यान्वयन तहमा सहयोग सघाउ पुर्याउन नेपाली राजदूताबास सबैमा हार्दिक अपिल गर्दछ ।
नेपाली राजदूतावास, क्वालालम्पुर ७ जनवरी २०१३
31 December 2012 With effect from 1st January 2013, the minimum wages for Nepalese nationals recruited as general workers shall not be less than RM 900 per month in peninsular Malaysia and RM 800 in Sabah, Sarawak and Federal Territory of Labuan excluding subsistence allowances, overtime Payment and the like. This is based on the Minimum Wages Order 2012 published in the Federal Government Gazette, Malaysia.
The Employers in Malaysia are requested to follow the minimum wages for both existing and new Nepalese workers as well.
Embassy of Nepal Kuala Lumpur December 31, 2012
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||